देश

कृष्णनगर गोली काण्ड : मारिने व्यक्ति भारतीय नागरिक

कपिलवस्तु, कात्तिक १५–लक्ष्मीको मूर्ति विसर्जन गर्न लैजाने बाटोका विषयमा विवाद हुँदा बिहीबार कृष्णनगर क्षेत्र तनावग्रस्त बनेको छ। विवादपछि प्रशासनले कर्फ्यु लगाएको छ। कर्फ्यु ‘अवज्ञा’ गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर एक भारतीय युवकको मृत्यु भएको छ। भारत सिद्धार्थनगरका सुरजकुमार पाण्डेको मृत्यु भएको हो। उनी कृष्णनगरमै चिया बेच्दै आएका थिए।

कृष्णनगर–३ झन्डीनगरका बासिन्दाले तिहारको भोलिपल्ट लक्ष्मीको मूर्ति नजिकैको पोखरीमा विर्सजन गर्ने चलन छ। मूर्ति लैजाने बाटोमा ‘खडि–उल–कोब्रा’ मस्जिद छ। कृष्णनगर नगरपालिका–३ का वडाध्यक्ष सागिर अहमद खानले स्थानीय युवाबीच विवाद भएको बताए। मूर्ति विर्सजन गर्न पुराना बाटोबाटै लैजानुपर्ने एकथरीको अडान छ।

अर्काे समूहले नयाँ बाटो प्रयोग गर्नुपर्ने माग गर्दै आएको छ। ‘यो कुनै धार्मिक विषय होइन। युवाको आपसी झगडा हो’, खानले भने। यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured