देश

महन्त जगन्नाथ बर्खास्त

काठमाडौं, कात्तिक १५–पदीय आचरणविपरित मठ–मन्दिरको जग्गा बिक्री गरेको छानबिनबाट प्रमाणित भएपछि गुठी संस्थानले लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवलाई बर्खास्त गरेको छ । गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरीले बुधबारदेखि लागू हुनेगरी लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथलाई पदमुक्त गरिएको बताए ।

‘महन्त जगन्नाथले भ्रष्टाचार गरेको छानबिनमा देखिएपछि पदबाट हटाउने निर्णय गरेका हौं,’ चौधरीले भने, ‘पत्र बुझाउन बाँकी छ ।’ यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured