देश

धमाधम बन्दै सरकारी संरचना : सिंहदरबारभित्र संसद् भवन

काठमाडौं, कात्तिक १५–विभिन्न सरकारी कार्यालय तथा भौतिक संरचना निर्माणले पछिल्लो समय गति लिएको छ । कतिपय ती संरचना अति आवश्यक रहँदै आएका छन् भने कतिपय विलासीपनका समेत देखिएका छन् । सरकारले प्रधानमन्त्री निवास बालुवाटारमा स्वमिङ पुल, हेल्थ क्लब निर्माण गरिरहेको छ भने सिंहदरबारभित्र तीन तलाको भवनमा समेत लिफ्ट जडान गरेको छ ।

सहरी विकास मन्त्रालयको आयोजनामा स्विमिङ पुल, हेल्थ क्लबको निर्माण भइरहेको हो । सरकारले विभिन्न मन्त्रालयमा लिफ्ट जडान गरेको छ । तीनरचार तलाका मन्त्रालयका भवनमा सरकारले लिफ्ट जडान गरेको हो । दैनिक कार्य सञ्चालनका लागि आवश्यक मानिएको संसद् भवन निर्माण, भूकम्पले भत्काएका भौतिक संरचनाको निर्माणले पनि गति पाएको छ ।

सरकारले सिंहरदबारभित्र तीन वर्ष्भित्र निर्माण सम्पन्न हुनेगरी प्रतिनिधि सभामा ९ सय र राष्ट्रिय सभामा ६ सय जना अट्ने गरी संसद् भवनको निर्माण कार्य गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित पुतली बगैंचामा बन्न लागेको संघीय संसद् भवनको १ असोजमा शिलान्यास गरेका थिए । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured