खेलकुद देश

सन्दीप लामिछाने एक वर्षमा धेरै देशमा टी–२० क्रिकेट खेल्ने खेलाडी

काठमाडौं, कात्तिक १४–नेपालका लेगस्पिनर सन्दीप लामिछाने एक वर्षको अवधिमा सर्वा्धिक देशमा गएर टी २० क्रिकेट खेल्ने पहिलो खेलाडी बनेका छन् । सन् २०१८ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्मको अवधिका आधारमा अन्तराष्ट्रिय म्याग्जीनले गरेको सर्वेक्षण गर्दा सन्दीपले टी २० तर्फ सर्वाधीक देशमा गएर क्रिकेट खेल्ने रेकर्ड बनाएका हुन् । सन्दीपले यो अवधिमा ८ देशमा गएर टी–२० खेलेका छन् ।

उनीसँगै आठ देशमा गएर क्रिकेट खेल्ने रेकर्ड अफगानिस्तानका नजिवुल्लाह जर्दानको नाम पनि रहेको छ । सन्दीपले आईपीएल, बिग बास, सीपीएल, बीपीएल र पिएसएल खेलेका छन् । यो बीचमा उनले नेपालका लागि तीन वटा एक दिवसीय र ११ वटा टी २० पनि खेल्न भ्याएका छन् । सन्दीप लेगस्पिनर बलर हुन् । उनको माग विश्वका हरेकजसो ठूलो फ्रेन्चाईज लिगमा हुने गर्छ । यसैका आधारमा उनी विश्वका हरेक लिगमा जाने गरेका छन् ।

सन्दीप एक वर्षको अवधिमा सर्वाधीक बलिङ गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । सर्वा्धिक बलिङ गर्ने खेलाडीको सूचीमा अफगानिस्तानका रासिद खान छन् । उनले एक वर्षमा १३५५ बल बलिङ गर्दा सन्दीपले ९८५ बल बलिङ गर्दै दोस्रो स्थानमा राखेका हुन् ।

Featured