देश विदेश

भारतमा तीन नेपालीको हत्या आरोपमा बैतडीका धनबहादुर पक्राउ

धनगढी, कात्तिक १४–बैतडीका तीन जना नेपाली मजदुरलाई भारतको पिथौरागढमा हत्या गरेको आरोपमा भारतीय प्रहरीले एक जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका( ५ घर भइ मजदुरीका लागी पिथौरागढमा कार्यरत मृतकका भतिजा धन बहादुर बोहरा भएकोे भारतीय प्रहरीले जनाएको छ ।

बोहराले पिथौरागढमा काम गर्नेा ३ जना नेपाली मजदुरकोे लिङ्ग काटेर हत्या गरेको आरोपमा भारतीय प्रहरीले उनलाइ पक्राउ गरेको हो । उनले गत शुक्रबार तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरेको प्रहरीको भनाइ छ । बैतडीको पुरचौंडी नगरपालिका ५ दहतोलीका हरिश बोहरा, उनका भाइ बिरा बोहरा र पुरचौडी नगरपालिका-४ भटनाका काशी बोहरा गत १० कात्तिकमा लिङ्ग काटिएको अवस्थामा पिथौरागढको दुर्गम गाँउको एक घरमा प्रहरीले शव फेला परेको थियो ।

बोहरालाई भारतीय प्रहरीले ११ कात्तिकमा पिथौरागढबाट १ सय २० किलोमिटर टाढा मुनस्यारीबाट पक्राउ गरेको हो । घटनाको अनुसन्धान गर्न बैतडीबाट पनि प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बैतडीले समेत प्रहरीको टोली भारत पठाएको थियो । पक्राउ परेका धनबहादुरले मदिराको नसामा रहेका बेला आफूले लिङ्ग काटेर हत्या गरेको बयान दिएको प्रहरीेले जनाएको छ ।

Featured