देश

‘भीआईपी जुवाडे’लाई ७ दिन थुनामा राख्न जिल्ला अदालतको आदेश

काठमाडौं, कात्तिक १४–शनिबार राति महाराजगञ्जबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका २५ जना जुवाडेलाई ७ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले अनुसन्धानका लागि १५ दिनको समय माग गर्दै उनीहरुलाई जिल्ला अदालत काठमाडौं पेस गरेको थियो । तर, अदालतले ७ दिन मात्र थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद, ३२ थान कौडा र ४ बुक ताससहित उनीहरु पक्राउ परेका थियो । पक्राउ पर्नेहरुमा बलराम सापकोटा, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, जुवा खेलाउने विक्रम गौतम लगायत रहेका छन् । २५ जनामध्ये ६ जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सार्वोच्च अदालत पुगेका थिए । उनीहरुलाई बिहीबार सर्वोच्चमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।

Featured