देश

अछाममा बलात्कार गरेको आरोपमा एकजना पक्राउ

डडेल्धुरा, कात्तिक १४–अछाममा बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । अछामको मंगलसेन नगरपालिका–१ का एकेन्द्र कुँवर रानालाई अछाम प्रहरीले बलात्कारको अभियोगमा पक्राउ गरेको हो ।

सोही ठाउँकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको अछामका प्रमुख प्रहरी नायब उपरिक्षक जनकबहादुर शाहीले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured