देश

काठमाडौंको लप्सीफेदीमा बस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं, कात्तिक १४–काठमाडौंको लप्सीफेदीमा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा५ख ५०७० नम्बरको बस लप्सीफेदीमा दुर्घटना भएको हो ।

दुर्घटनामा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको र २० जनाभन्दा बढी घाइते भएको साँखु प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको र घाइतेलाई उपचारका लागि काठमाडौंका विभिन्न अस्पताल पठाईको पन्थीले बताए ।

Featured