देश

महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता

काठमाडौं, कात्तिक १४–निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग अन्र्तगत जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले महरामाथि अदालतमा मुद्दा दर्ता गरेको हो । उनीमाथि करणी उद्योग अन्तर्गत ५ वर्ष कैद सजायको माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले महरामाथि जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।

अब अभियोगमाथि उनका पक्षका वकिलहरुले अदालतमा वहस गर्नेछन् । बहस आज नसकिए उनी थुनामै रहनेछन् । थुनछेक बहसपछि साधारण तारेखमा छुट्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारागार पठाउने आदेश अदालतले गर्नेछ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप १९ असोजमा महरा पक्राउ परेका थिए ।

Featured