देश

दुई महिनामा चार गैंडा मरे

lrtjgsf] ;]tLb]jL ;fd'bflos jgdf d[To' ePsf] kf]yL u}+8f . pQm u}+8f ut laxLaf/ efn]sf] cfqmd0fdf k/L 3fO{t] ePsf] lyof] . tl:a/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

चितवन, कात्तिक १४–चितवन राष्ट्रिय निकुञ्जमा भदौयता कालगतिले चार वटा गैंडा मरेका छन् । भदौ ११ गतेदेखि कात्तिक ९ गतेसम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो पटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्बर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा मरेको हो । बुढो भएर हिँडडुल गर्न र चर्न नसके पछि निगरानीमा राखिएको गैंडा मरेको उनले जानकारी दिए ।

यसअघि असोज २९ गते भरतपुर महानगरपालिका वडा नम्बर २८ को वरदाहा सामुदायिक वनमा एउटा गैंडाको हाडखोर भेटिएको थियो । त्यसअघि असोज ५ गते सौराहाको खोरसोरमा र भदौ ११ गते राप्ती नियन्त्रण सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको थियो । ती सबै गैंडा कालगतिले मरेका हुन् ।

गत वर्ष निकुञ्ज क्षेत्रमा कालगतिका कारण ४१ वटा गैंडा मरेका थिए । चोरी सिकारीबाट गैंडा मर्न नपाए पनि पछिल्ला वर्षहरुमा कालगतिबाट धेरै गैंडा मर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडा मृत्युका कारण अध्ययन गर्न समिति गठन गरी काम अघि बढाएको छ । (रासस)

Featured