विदेश

रेलमा ग्यास सिलिन्डर विस्फोटपछि आगलागी, ४६ जनाको मृत्यु

एजेन्सी, कात्तिक १४–पाकिस्तानमा बिहीबार बिहान कराची(रावलपिन्डी द्रुत एक्सप्रेस रेलमा आगो लागेर ४६ जनाको मृत्यु भएको छ । रेलका अधिकारीले बताएअनुसार कराचीबाट रावलपिन्डीका लागि छुटेको रेलको डिब्बामा यात्रीले ग्यास चुलो बाल्दा सिलिन्डर विस्फोट भएको हो । धेरै यात्रीको अवस्था गम्भीर छ । मृतकहरूको संख्या बढ्ने आशंका गरिएको छ ।

रेलमन्त्री सेख रासिदले सिलिन्डर विस्फोटपछि तीन डिब्बामा आगो फैलेको बताए । तीव्र गतिको रेलबाट ज्यान बचाउन हाम फाल्दा धेरैको मृत्यु भएको बताइएको छ । मृतकहरूको सनाखत भइनसकेको ड्युटी कमिस्नर जमिल अहमदले बताएका छन् । सामान्य घाइतेहरूलाई लियाकतपुर अस्पताल लगिएको छ भने गम्भीर अवस्थाका घाइतेलाई सेनाको हेलिकप्टरसमेत रेस्क्युमा खटाई मुल्तान पठाएको बताइएको छ ।

Featured