देश राजनीति

उपनिर्वाचन सरगर्मीः कास्कीबाट बिद्याको नाम पहिलो नम्वरमा सिफारिस

पोखरा, कात्तिक १४–१४ मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश कमिटीले कास्की २ बाट ३ जनाको नाम सिफारिस गरेको छ । कास्की जिल्ला कमिटीले यसअघि तत्कालीन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको थियो ।

प्रदेश कमिटीको बैठकले जिल्लाबाट सिफारिस भएकी विद्यासहित सोमनाथ अधिकारी ’प्यासी’ र रामकाजी गुरूङको नाम उम्मेद्वारका लागि केन्द्रमा सिफारिस गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले जिल्लाको निर्णयमा परिमार्जन गरी केन्द्रमा पठाइएको बताएका छन् ।

केन्द्रले कम्तीमा तीनजनाको नाम पठाउन भनेकाले सोही बमोजिम भट्टराई, अधिकारी र गुरुङको नाम सिफारिस गरिएको गुरूङले जानकारी दिए । प्रदेश कमिटीले सिफारिसका क्रममा पहिलो नम्बरमा विद्या, दोस्रोमा सोमनाथ र तेस्रोमा रामकाजीको नाम राखेर पठाएको छ ।

विद्याका पति तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । कास्की जिल्ला कमिटीबाट विद्यालाई नेकपा कास्की अध्यक्ष कृष्ण थापाकै प्रस्तावमा सर्वसम्मत उमेदवारकारुपमा सिफारिसको निर्णय गरेको थियो ।

Featured