देश

वेवसाइटबाट गलत सूचना दिँदै नगरपालिका

काठमाडौं, कात्तिक १४–नगरपालिकाले नागरिक वडापत्र, कार्यालयको सूचना,कार्यक्षेत्र, सम्बन्धित ऐन कानुनदेखि काम गर्ने कर्मचारीको विवरणसम्म सार्वजनिक गर्नैपर्ने हुन्छ। यस्ता सूचना सबैभन्दा भरपर्दाे, छिटो, आवश्यकता अनुसार सार्वजनिक गर्ने सबैभन्दा सजिलो माध्यम नगरपालिकाको वेबसाइट हो ।

त्यही प्रयोजनका लािग देशभरका स्थानीय तहको वेबसाइट मन्त्रालयबाट नै एकै प्रकारको तयार गरेर सम्बन्धित स्थानीय तहहरुलाई उपलब्ध गराई सञ्चालन गरिँदै आएको छ । तर इलाम नगरपालिकाले सेवाग्राहीलाई दिने सूचनामा भने निकै कञ्जुस्याइँ गर्ने गरेको देखिन्छ ।

नगरपालिकाले सेवाग्राहीलाई सही सूचना दिन आवश्यकता नै नभएर्झैं वेबसाइटमा राखिएका कर्मचारीको विवरण गलत राखी बेवास्ता गरेको देखिएको छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured