देश

प्रधानमन्त्रीको मिर्गौला डायलासीस गरियो

काठमाडौं, कात्तिक १३–स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला डायलासिस गरिएको छ । उनको स्वास्थ्य परिक्षणपछिको रिपोर्ट उपचारमा संलग्न चिकित्सकहरुले विश्लेषण गरेपछि मृगौला डायलासिस गरिएको हो । बिहान ९ बजे ग्राण्डी अस्पताल पुगेका ओलीको रगतमा युरिया र क्रेटेनिनको मात्रा अस्वभाविक रुपमा बढेपछि मिर्गौला डायलासिस गर्नुपर्ने भएको उपचारमा संलग्न डाक्टरले बताएका थिए ।

प्रधानमन्त्री ओलीको सबै रिपोर्टहरु उनकी नीजि चिकित्सक डा.दिव्या सिंह शाह र अर्का चिकित्सक डा.दिलिप शर्माबाहेकलाई हेर्न दिइएको छैन। अस्पतालका अनुसार उनको अवस्था सामान्य रहेको छ । यसअघि शिक्षण अस्पतालमा उपचार गराएका उनकोे स्वास्थ्यको सबै रिपोर्टहरु सार्वजनिक हुन सक्ने भन्दै गोप्यता कायम गर्न ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकारले यसअघि प्रधानमन्त्री बालुवाटार फर्कने सम्भावना रहेको बताएका थिए। तर हालको लागि उक्त सम्भावना भने सकिएको छ।

Featured