देश

अन्तरप्रदेश समन्वय जरुरीः मन्त्री भट्टराई

जनकपुर, कात्तिक १३–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवर्धनका लागि प्रदेश सर्किट योजना अनुसार अघि बढ्नुपर्ने बताएका छन् । विभिन्न ठाउँबाट जनकपुरधाम भ्रमणमा आउने पर्यटकहरुलाई आकर्षक र लोभ्याउने स्थललाई विशेष व्यवस्थित गर्नुपर्ने बताए ।

जनकपुरधाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले अन्तर प्रदेश समन्वय र सहकार्य आवश्यक रहेको औल्याउँदै विभिन्न स्थललाई विभिन्न प्रदेशसँग जोड्ने गरी प्रदेश सर्किटको रुपमा जोड्न जरुरी भइसकेको बताए ।

उनले भ्रमण वर्ष २०२० भ्रमण वर्षको तयारीका लागि प्रचारप्रसारमा रहेका मन्त्री भट्टाराईले थालनी मात्र रहेको आगामी एक दशक सम्म भ्रमण वर्ष मनाउने रणनीति रहेको बताए । मन्त्री भट्टराईले जनकपुरधाममा निर्माणाधिन जनकपुर विमानस्थलको टर्मिनल भवनको काम २३ महिनामा पुरा भएर सञ्चालनमा आउने बताए ।

मन्त्री भट्टराईले मैथिलीका महाकवि विद्यापति मिथिलाका मात्रै नभई सम्पूर्ण देशको महाकवि रहेकोले उनको शालिक नेपालको विभिन्न ठाउँमा आफ्नै कार्यकालमा निर्माण गर्ने बताए । उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री रामनरेश रायले प्रदेश २ मा संघीय सरकारले पर्यटन वर्ष मनाउन देखाएको तदारुकदा स्वागत योग्य रहेपनि यसको लागि प्राविधिक तयारी गर्न नसक्नु कमजोरी भएको बताए ।

Featured