देश

बलात्कार अभियोगमा पक्राउ परेका राईलाई स्ववियुले कारवाही गर्यो

काठमाडौं, कात्तिक १३–१८ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनका केन्द्रीय सदस्य तथा रत्न राज्यलक्ष्मी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव इन्द्रहाङ राईलाई अनेरास्ववियुले कारवाही गरेको छ । रत्न राज्यलक्ष्मी क्याप्सका स्ववियु अध्यक्ष तपेन्द्र बहादुर शाहीले विज्ञप्ती जारी गर्दै अनेरास्ववियुले नेतृत्व गरिरहरेको आरआर स्ववियुका वर्तमान सह–सचिव इन्द्रहाङ राईलाई कारबाही गरिएको जनाएका छन् ।

शाहीले घटनाका बारेमा प्रहरी प्रशासनले थप अनुसन्धान गरी सत्य तथ्य वाहिर ल्याउन र पीडित पक्षलाई न्याय दिलाउन सहयोग गर्न तयार रहेको भन्दै स्ववियुका सवै गतिविधिबाट राईलाई हटाइएकोे जनाएका छन् । रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत किशोरीलाई गोकर्णेश्वर नगरपालिका– ६ माकलवारीमा बलात्कार गरेको अभियोगमा राई प्रहरी हिरासतमा छन् ।

Featured