देश

प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण

काठमाडौं, कात्तिक १३–प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली धापासीस्थित ग्राण्डी इन्टरनेसनल अस्पताल पुगेर नियमित स्वास्थ्य परीक्षण गराएर घर फर्किएका छन् । दुई महिनाअघि सिंगापुर गएर मृगौलाका कारण देखिएइको शरीरको एण्ट बडी निकाल्न प्लाज्मा फेरोसिस गरिएको थियो । दशैंअघि मात्र पनि प्रधानमन्त्री ओली ग्रान्डी गएका थिए ।

‘सिंगापुरमा उपचार गरेर फर्किएपछि उहाँको स्वास्थ्य अवस्था कस्तो छ भनेर नियमित स्वास्थ्य परिक्षणको लागि प्रधानमन्त्री विहान ९ बजे ग्राण्डी जानुभएको थियो अहिले फर्किसक्नु भयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने । प्रधानमन्त्री ओलीको १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौलाले गर्दा स्वास्थ्यमा कस्तो प्रतिक्रिया जनाइरहेको छ भनेर प्रधानमन्त्री ओलीको ल्याव टेष्ट गर्न ग्राण्डी लगिएको पारिवारीक श्रोतले जनायो ।

Featured