देश

सेनाको हेलिकोप्टरबाट सुत्केरीको उद्धार

धनगढी, कात्तिक १३–बैतडीको सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउँदको हेलिकोप्टरमा उद्धार गरिएको छ । उनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी मंगलबार बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको हो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टको पहलमा बैतडीको विपन्न परिवारकी धानालाई उद्धार गरिएको हो ।

प्रसुती सेवा केन्द्र लेकममा बच्चा जन्माएकी साउदको अत्यधिक रक्तस्राव भएपछि उद्धार गरिएको हो । उनलाई राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत उद्धार गरी उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । अत्यधिक रक्तस्राव भएको खबर पाएपछि हेलिकोप्टरको व्यवस्था गरेका हौं,’ पौडेलले भने ।

Featured