देश

खोटाङमा बस दुर्घटना, १३ जना घाइते, दुईको अवस्था गम्भीर

खोटाङ, कात्तिक १३–खोटाङमा आज बिहान भएको बस दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान दुर्घटना भएको हो । खोटाङको हलेसी चुवाचुङ नगरपालिका– १० कामिडाँडामा बस दुर्घटना भएको हो ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा लगिएको छ । घाइतेहरुको परिचय र दुर्घटनाको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Featured