विदेश

सुरक्षाकर्मीले चलाएको गोलीबाट इराकमा १८ प्रदर्शनकारीको मृत्यु

एजेन्सी, कात्तिक १२–इराकको कर्बालास्थित शिते शहरमा प्रदर्शनकारी विरुद्ध भएको कारबाहीमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको एक इराकी अधिकारीले बताएका छन् । ती अधिकारीले उक्त घटना मंगलबार बिहानै भएको जनाएका छन् । इराकमा लगातार पाँच दिनदेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ ।

इराकमा भ्रष्टाचार बढेको, सेवासुविधामा कमी आएको तथा अरु समस्या भोग्नु परेको भन्दै जनविद्रोह जारी छ । नाम बताउन नचाहने एक जना प्रत्यक्षदर्शीले कारमा हिँडिरहेका प्रदर्शनकारीलाई लक्षित गरी सादा पोशाकका सुरक्षाकर्मीले गोली चलाएको बताएका छन् ।

Featured