विदेश

अमेरिकी सेनामाथि प्रश्नः खै वाग्दादीको लाश ?

एजेन्सी, कात्तिक १२–अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता अब बकर अल–बग्दादीको शव व्यवस्थापन गरिएको बताएलगत्तै उनको शव गायव पारिएको बिषयमा चर्चा शुरु भएको छ । अमेरिकी सेनाले शव लुकाएको भन्दै चसो व्यक्त भइरहदा उसले लाश कहाँ र कसरी व्यवस्थापन गरियो भन्नेबारे केही बताएको छैन ।

शनिवार उत्तरी सिरियामा अमेरिकी विशेष फौजको कारबाहीका क्रममा अल–बग्दादीले सुसाइड भेस्ट विस्फोट गराएर आत्महत्या गरेका थिए । पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री मार्क एस्परले हाम्रो समयको सबैभन्दा जघन्यमध्येका अपराधका लागि अल–बग्दादी जिम्मेवार रहेको बताएको बीबीसीले जनाएको छ । ।

यसअघि अल कायदाका प्रमुख ओसामा बिन लादेनको शव समुद्रमा गाडिएको थियो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भागेर एउटा सुरुङभित्र अल–बग्दादीले आफूले लगाएको एउटा सुसाइड भेस्टु विस्फोट गराएको बताएका थिए ।

Featured