विदेश

भारतको उडिसामा आगलागी, ७० भन्दा बढी तरकारी पसलमा क्षति

काठमाडौं, कात्तिक ११–उडिसाको सम्बालपुर नगरमा सोमबार बिहान लागेको आगलागीबाट ७० भन्दा बढी तरकारी पसलमा जलेका छन् । सम्बालपुरको गोलबजारमा रहेको तरकारी बजारमा तिहारका अवसरमा बालिएको बत्ती पल्टिएर आगलागी भएको हो ।

आगलागीपछि वरपरबाट घटनास्थलमा पुगेका स्थानीय, सुरक्षाकर्मी तथा अग्नि नियन्त्रक अधिकारीले दमकलको सहयोगमा करिब दुई घण्टापछि आगोलाई नियन्त्रणमा लिएका थिए । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Featured