देश

ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता

काठमाडौं, कात्तिक ११–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षय एवम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली आइतबार असंलग्न राष्ट्रहरुको महासभामा भाग लिएर बाकुबाट नेपाल फर्किएपछि अध्यक्षद्वयबीच सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब एक घण्टा ओली र प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको हो। दुई अध्यक्षबीचको भेटमा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

केही समयअघि ओली र प्रचण्डबीच दुरी बढेको भन्ने समाचार सार्वजनिक भएपछि उनीहरुबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए। यद्यपि, अजरबैजानको बाकुबाट आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरुबीच कुनै पनि प्रकारको दूरी नरहेको बताएका थिए।

बालुवाटार स्रोतको अनुसार सोमबार बिहान भएको भेटमा दुई नेताबीच पार्टी एकीकरण प्रक्रियाका बाँकी काम, आसन्न उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल भएको छ। तर बाकुबाट फर्कने क्रममा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा आफुहरुबीच दुरी नबढेको दावी गरेका थिए। त्यस्तै, अध्यष प्रचण्डले पनि यसलाई ‘हल्ला’ को संज्ञा दिएका थिए।

Featured