देश

पाल्पामा ५ लाखसहित १३ जुवाडे पक्राउ

पाल्पा, कात्तिक १०–पाल्पाको रिब्दीकोट गाउँपालिका(७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । कौडाका खालबाट प्रहरीले ५ लाख ४५ हजार ८५५ नेपाली रुपैयाँ र २५ सय २० भारतीय रुपिया बरामद गरेको छ ।

डबकास्थित स्वर्गीय हुमबहादुर कुँवरको घरबाट आज बिहान ती जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका(२ का ४४ वर्षीय अमन श्रेष्ठ, रैनादेवीछहरा गाउँपालिका(४ का देवकुमार पराजुली, रिब्दीकोट गाउँपालिका(७ डबका यमबहादुर कुँवर, सोही स्थानका गोपाल कुँवर, कलम कुँवर, ताराबहादुर कुँवर, विष्णुबहादुर थापा, सचिन कुँवर, समुद्र कुँवर, नारायण कुँवर, गौरव कुँवर, शिव चौहान र सुन्दर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिए ।

Featured