देश राजनीति

खाँदबारी–३ बाट नेकपा र कांग्रेसका उम्मेदवार सिफारिश

संखुवासभा, कात्तिक १०–खाँदबारी नगरपालिका– ३ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको जनाएका छन् । रिक्त वडाध्यक्ष पदका लागि नेकपाले भरत घिमिरे र नेपाली कांग्रेसले विक्रम गुरुङको नाम सिफारिश गरिएको जानकारी दिएका हुन् ।

नेकपाले सो पदका लागि ५ कात्तिकमै उम्मेदवारको टुंगो लगाएको थियो भने कांग्रेसले आइतबार मात्र टुंगो लगाएको हो। नेकपाको ५ कात्तिकमा बसेको वडा समितिको बैठकले घिमिरेलाई सर्वसम्मत रूपमा उम्मेदवारका लागि नाम सिफारिश गर्ने निर्णय गरेको हो ।

त्यस्तै, उता नेपाली कांगे्रसको उम्मेदवारको सहमति जुटाउन पटक–पटक छलफल भए पनि आइतबार मात्र गुरुङको नाम सिफारिश गरिएको हो । खाँदबारी नगरपालिका– ३ का वडा अध्यक्ष तोयानाथ ढुंगानाको १३ फागुन २०७४ मा निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।

Featured