देश

१४ किलो चरेशसहित बझाङमा एक जना पक्राउ

बझाङ, कात्तिक १०–बझाङमा प्रहरीले अवैध लागूऔषध चरेश १४ किलोसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार बझाङ सदरमुकाम चैनपुरबाट धनगढीतर्फ गइरहेको ना६ख १६७४ नम्बरको पवनदूत यातायातको बसमा चेकजाँच गर्दा कञ्चनपुर शुक्लाफाटा नगरपलिका– ८ बस्ने दिनेश जप्रेलले झोलामा लुकाई राखेको १३ किलो ९०० ग्राम लागू औषध चरेश फेला पारेको हो ।

प्रहरी चौकी स्याडी बझाङको चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले उक्त चरेशसहित जप्रेललाई नियन्त्रणमा लिएको र हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured