देश

प्रचण्डजीसँग दूरी बढेको छैनः प्रधानमन्त्री ओली

काठमाडौं, कात्तिक १०–प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग मतभेद नभएको बताएका छन्। संलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर नेपाल फर्किएलगत्तै उनले प्रचण्डसँग दूरी नबढेको स्पष्ट पारेका हुन्। पछिल्ला दिनहरुमा प्रधानमन्त्री ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राम्रो तालमेल नभएको बताइएको थियो। तर अ‍ेलीले दूरीको अवस्था पनि नरहेको र सम्भावना पनि नभएको बताएका छन्। दुबै नेताको साझा धारणामा पार्टी अघि बढिरहेको उनले तर्क गरे।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अ‍ेलीले पार्टीमा दुई अध्यक्षबीच दूरी बढेको हो भन्ने प्रश्नको उत्तर दिँदै ‘रमाइलो कुरा गर्नुभयो। काठमाडौंमा भन्दा बाकुमा हुँदा टाढा भयो।’ यो भन्दाबाहेक दूरी बढेको छैन, तपाईहरुको गणित मिलेन। दूरीको अवस्था पनि छैन, सम्भावना पनि छैन,’ भने।

शुक्रबार मोरङमा भएको एक कार्यक्रममा नेकपाका अर्का अध्यक्ष प्रचण्डले आफूलाई मदन भण्डारी जस्तै ठान्न आग्रह गरेका थिए। प्रचण्डको यो अभिव्यक्तिमा ओलीले प्रचण्डले मदन भण्डारीको विचारलाई लिएर सम्मानपूर्वक पार्टीलाई अगाडि बढाउन आफूलाई मदन भण्डारीसँग तुलना गरेको हुन सक्ने प्रतिक्रिया दिए।

Featured