देश

चीनले रोक्यो नेपाली खाद्य सामाग्रीको निर्यात

काठमाडौं, कात्तिक १०ं–अगस्टदेखि चीनको रसुवागढी–केरुङ नाकामा रहेको चीनियाँ भन्सार विभागले नेपालीे विस्कुट, चाउचाउ, पिठो लगायतको खाद्य सामाग्री निर्यातमा रोक लगाएको छ। चीनको प्रशासनले नेपाली खाद्य सामाग्रीमा लेबल तथा अन्य विवरण चीनियाँ भाषामा लेखिनुपर्ने भन्दै ती सामग्रीको निर्यातमा रोक लगाएको हो।

त्यस्तै यसअघि नेपालले चिनियाँ भाषामा लेवल लगाउँदा नबुझेको भन्दै चीनबाट नेपाल आयात हुने सामाग्री भित्र्याउन दिएको थिएन्। त्यसकै कारण चीनले पनि नेपाली सामान निर्यात रोकेको हो। चिनियाँको उक्त कार्य नेपाली अधिकारीको निर्णयको बदलाको रुपमा लिइएको छ। नेपाली सामाग्रीमा लेबल तथा अन्य विवरण नेपाली भाषाका साथसाथै अग्रेजीमा पनि उल्लेख हुने गरेको रसुवागढीका भन्सार प्रमुख पुण्य किरण खड्काले जानकारी दिएका छन्। तर, उनको अनुसार चीनबाट आयात हुने सामाग्रीमा भने चिनियाँ भाषा मात्र राखिने हुँदा समस्या उत्पन्न हुने गरेको छ।

Featured