देश राजनीति

नेकपा कामनपा– ५ को चियापान

काठमाडौं, कात्तिक १०–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं महानगरपालिका– ५ कमिटीले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो । तिहार, नेपाल संवत्, छठ, ल्होसार र उँधौली पर्वको अवसरमा आइतबार हाडिगाउँँ भीमसेन थानमा उक्त चियापान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा केन्द्रीय सदस्य एवं प्रदेश सांसद नारायण सिलवाल, प्रदेश सांसद सीता अधिकारी दाहाल, पूर्वसभासद रत्न गुरुङ, ५ वडाका वडाअध्यक्ष रमेश डंगोल, स्थानीय नेता वीरेन्द्र प्रजापति, गणेश श्रेष्ठ र सुशीला प्रजापतिको सहभागिता रहेको थियो ।

मुलुकको बहुजातीय बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव कायम गर्न चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पोखरेल र सांसद सिलवालले शुभकामना दिएका थिए ।

Featured