देश

भ्रष्टाचारका फरार अभियुक्त पक्राउ

सप्तरी, कात्तिक १०–भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ । सप्तरीको राजविराज नगरपालिका– २ बस्ने ६९ वर्षीय अशोक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ घरबाट झालाई नियन्त्रणमा लिएको हो ।

भ्रष्टाचार मुद्दामा झालाई विसं २०६६ जेठ १६ गते एक वर्ष ६ महिना कैद सजायको फैसला भएको र उनी फरारको सूचीमा रहेकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।

Featured