देश

स्वदेश फर्कन आग्रह गरिएको ‘फर्क दाजुभाइ’को विमोचन

काठमाडौं, कात्तिक १०–गीतकार एवं सर्जक लक्ष्मण न्यौपानेको गीति एल्बम ‘फर्क दाजुभाइ’ विमोचन गरिएको छ । कामको शिलशिलामा विदेश गएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई स्वदेश फर्केर काम गरी देशको विकासमा लाग्न आह्वान गरिएको एल्बमको गण्डकी प्रदेशका प्रदेशसभ सदस्य प्रकाशचन्द्र दवाडीले विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा उनले विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमा प्रयोग गर्न आग्रह गरे । उनले आफू लामो समय विदेशमा पसिना बगाएर नेपाल आएर समाजसेवामा लागेको उल्लेख गर्दै नेपालमा लगानीको वातावरण निर्माणमा प्रदेश सरकार लाग्ने विश्वास व्यक्त गरे ।

गीतकार न्यौपानेले युवा विदेश पलायन हुने क्रम नरोकिएको र स्वदेशमा रोजगारीको वातावरण निर्माण गर्न सरकार लाग्नुपर्ने बताए । सो गीतमा शोभा त्रिपाठी, गोविन्द थापा, अम्बिका देवकोटालगायतले स्वर दिएका छन् भने टीका बन्धनले संगीत भरेका छन् । म्युजिक भिडियोको निर्माण निर्देशक सुरज ढकाल छन् ।

Featured