देश

दुई करोड ६७ लाख नगदसहित महाराजगञ्जबाट २५ जना पक्राउ

काठमाडौं, कात्तिक १०–काठमाडौंको महाराजगञ्जबाट दुई करोड ६७ लाख रुपैयाँसहित प्रहरीले २५ जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्ग्स्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । काठमाडौं प्रहरी परिसरसका एसएसपी उत्तमराज सुवेदीका अनुसार जुवामा पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको छ ।

Featured