देश विदेश

साउदीमा सेल्स एजेण्ट खोज्दै नेपाल वायुसेवा निगम

काठमाडौं, कात्तिक १०–नेपाल वायुसेवा निगमले साउदी अरबमा जहाज उडान गर्ने सम्झौता गरेसँगै जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ । निगमले साउदीमा उडान गर्ने भएपछि जिएसए लिन धेरै कम्पनीले चासो देखाएका थिए ।

निमगले एउटा समिति बनाएर जिएसए लिन चासो लिने कम्पनीबाट छनोट गर्ने जिम्मेवारी दिएको थियो । निगमले जिएसएका लागि प्रस्ताव आह्वान गरेपछि चार पाँच वटा एजेन्सीले चासो देखाएका थिए । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured