देश

भाइरल हुन अश्लील गीतको सहारा

काठमाडौं, कात्तिक १०–सस्तो लोकप्रीयता र भाइरल हुन मनपरी शैलीमा म्युजिक भिडियो बनाउने कलाकारहरुलाई प्रहरीले धमाधम कारबाही थालेको छ । प्रहरीले गालीगलौच गरेको भन्दै ’हामी यस्तै त हो नि ब्रो’ गीत गाउने (यापर भिटेन (समीर घिसिङ लाई शुक्रबार पक्राउ गरेपछि सचेत गराएर छाडेको छ ।

(यापर भिटेनको गीतमा प्रहरीलाई डन्ठे भनेर अश्लील गाली गरेपछि उनी पक्राउ परेका थिए । उनी पक्राउ परेलगत्तै सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणि आएका थिए । यसअघि अश्लील र अपाच्य शब्द प्रयोग गरेर ह्याप्पी तिहार, चिसो बियर गीत गाएका दुर्गेश थापालाई पक्राउ गरेर प्रहरीले छोडेको थियो। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured