विदेश

भारतको गजियाबादमा एउटा घरबाट सबै परिवारको शव भेटिएको छ।

काठमाडौं, असार २०, भारतको गजियाबादको एउटा घरबाट श्रीमान्, श्रीमती र उनका तीन सन्तानको शव भेटिएको छ। मृतक सबै पाँचैजनाको मुखमा कालो टेप बेरिएको थियो। पुलिसले यसलाई हत्या र आत्महत्याको कोणबाट हेरिरहेको बताएको छ।

भारतीय मिडियामा भारतीय मिडिया आजतकका अनुसार अनुसार श्रीमानको नाम प्रदिप हो, उनकी श्रीमती एम्समा स्टाफ नर्स थिइन्। बच्चाहरुको उमेर ८, ५ र ३ बताइएको छ। घटनाको कारण भने स्पष्ट छैन। शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

प्राप्त जानकारी अनुसार ४२ वर्षका प्रदीप नामका व्यक्ति आफ्ना आमा–बुवा, बहिनी र तीन सन्तानसहित बसिरहेका थिए। प्रदीप र उनकी श्रीमती र तीन सन्तान एउटा कोठामा सुतिरहेका थिए। शुक्रबार बिहान जब उनीहरुको कोठाको ढोका खोलिएन र कुनै गतिविधी पनि देखिएन तब ढोका ढक्ढकाइयो। भित्रबाट कोही नबोले पछि परिवारलाई शंका झ्यालबाट भित्र हेरियो। भित्र हेर्दा खाट माथि प्रदीप र उनका तीन सन्तानको शव देखियो। प्रदीप र उनका बच्चाहरुको मुखमा करिब चार इन्च चौडा कालो रङको टेप नराम्रोसँग बेरिएको थियो जबकी ४० वर्षीया श्रीमती संगिता खाटमुनी अचेत अवस्थामा थिइन् । उनको टाउकोमा गम्भीर चोट थियो र उनी तड्पिरहेकी थिइन् । नजिकै रगत लत्पित्तिएको हथौडा थियो ।

भारतीय मिडिया आजतकका अनुसार उनलाई तत्काल अस्पताल पुर्याइयो। पछि उनको मृत्यु भयो। पुलिसले प्रदीप र सुरुवाती अनुसन्धानमा कोठाभित्र कुनै सुसाइड नोट पनि नभेटिएको पाइएको छ।

पुलिसले सुरुवाती अनुसन्धानपछि प्रदीपले आफ्नी श्रीमतीको टाउकोमा हथौडाले हमला गरेको हुन सक्ने र त्यसपछि तीन सन्तानको मुखमा कालो टेपले बेरेर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। त्यसपछि आफूले पनि मुखमा टेप बेरेर आत्महत्या गरेको अनुमान गरिएको छ। अर्को कोठामा सुतिरहेका आमा–बुवाले आफूले उक्त कोठामा कुनै पनि आवाज नसुनेको बताए।

Featured