देश

धुवाँ, धुलो र प्रदुषण आखिर कहिले सम्म

काठमाडौं, असार २०, राजधानी लगायत यसका वरिपरी रहेका विभिन्न सडकहरुमा धुलो र धुँवाले
ग्रसित छन। देशकै उच्च ओहोदामा रहेका ब्यक्तिहरुलाई यस बिषयमा कुनै पनि चासो छैन। होस्
पनि किन उनिहरुलाई आफ्नो स्वार्थ र पदको मात्र चिन्ता छ।आम मानिसको स्वास्थ्यमा धुँवा र
धुलोले के कति असर गरेको छ र यसले के कस्ता कस्तो समस्याहरु निम्त्याउछ्न भन्ने
सम्बन्धित निकायको व्यक्तिहरुलाई कुनै मतलब नै छैन।

राजधानीमा कुनै न कुनै बहानामा सडक विस्तार र मेलम्चीको पाइप बिछ्याउने कार्यले गर्दा
राजधानीमा धुँवा धुलो र हिलोले गर्दा सडकमा यात्रा गर्न सहज भने पक्कै पनि छैन र यो कार्यले
गर्दा दिनानु दिन राजधानी लगायत यसका आसपासका क्षेत्रमा धुँवा धुलो र हिलोले राजधानी
शहरको सुन्दरता दिन प्रति दिन घट्दै गएका छ। धुँवा धुलो र प्रदुषणका कारण राजधानी लगायत
यसका आसपास क्षेत्रमा बस्ने आम मानिसहरुमा श्वासप्रस्वास तथा अन्य रोगका बिरामीहरु
दिनानु दिन बढ्दै गएका छन। पूर्वाधार विकासका लागि सडक विस्तार,पाइप बिछ्याउने कार्य
जरुरी भएता पनि अहिलेको जस्तो धुलो धुँवा आउने गरि पूर्वाधार विकास गराउनु जायज छैन।
यहाँ बिकासका नाममा आम मानिसहरुलाई दु:ख दिने र उनीहरुको स्वास्थ्य माथि नै खेल्ने काम
भईरहेको छ। राजधानीमा धुलो र धुँवा हुनुमा अब्यबस्थित र सुस्त गतिको कार्यशैली नै प्रमुख

कारक बन्दै आइरहेको छ। आम सर्बसाधारणलाई जति नै समस्या भएता पनि त्यस्ता
अब्यबस्थित विकास निर्माणको कार्य गर्ने निकायलाई कहिले पनि कारबाही हुदैन बरु उल्टै आम
सर्बसाधारणलाई धुँवा धुलोले पेल्न तयार हुन्छन हाम्रा देशका सरकार र देशमा रहेका उच्च
ओहोदाका ब्यक्तिहरु।

सम्पूर्ण ब्यक्तिहरुलाई स्वथ्कर जीबन जिउनु उनीहरुको नैसर्गिक अधिकार हो र उनीहरुको
स्वास्थ्यमाथि कसैले खेलबाड गर्न पाउदैन। धुँवा धुलो मुक्त सुन्दर सहर सबैको चाहना हो। तसर्थ
सरकार र सम्बन्धित निकायले यो सम्बन्धि चांडो भन्दा चांडो सोच्नु पर्ने आजको जरुरी
देखिएको छ।

Featured