काठमाडौँ, असार १९, कोपा अमेरिका २०१९ को बिहीबार विहान भएको दोस्रो सेमिफाइनलमा चिल्लीलाई ३–० ले हराउँदै पेरुले फाइनलको यात्रा तय गरेको छ। फाइनलको उसको सामना ब्राजिलसँग हुनेछ।
पोर्टो एलेग्रेमा भएको खेलमा पेरुको जितमा एडिसन फलोरेसले २१ औं मिनेटमा आफ्नो टोलीको लागि पहिलो गोल गरे। पहिलो हाफकै ३८ औं मिनेटमा योसिमार युटनले दोस्रो गोल थपे। तेस्रो गोल जोसे पाओलोको नाममा रह्यो र उनले खेलको इन्ज्युरी समयमा गोल गरे।
फाइनल खेल अब रियो जे जेनेरियोको प्रसिद्ध माकाराना रंगशालामा आइतबार हुनेछ। समूह चरणमा ब्राजिल र पेरुको खेलमा ब्राजिलले पेरुलाई ५–० ले हराएको थियो।
प्रतिक्रिया दिनुहोस