देश राजनीति

दिपक मनाङ्गे नेकपा प्रवेश

काठमाडौं, असार १९,

फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर पाइएको गण्डकी प्रदेश सांसद दीपक मनाङे बिहीबार नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराउने गराएका हुन्।

नेकपाकै सहयोगमा विजयी भएका मनाङे मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए।तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएकाथिएनन्। उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्नसक्ने गरी बाटो खोलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए।