काठमाण्डौ, १२ असार, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरे संगै यस वर्षको एसईई परिक्षामा सबै भन्दा धेरै GPA ज्ञान मन्दिर माध्यामिक बिध्यालय बालाजुका छात्र दिपेश अमागाईले 4 GPA ल्याउन सफल भएका छन्।
नतिजा अनुसार ए प्लस ल्याएर ९५९६ जना छात्र उत्तीर्ण भएका छन् भने छात्रा ७२८६ जना रहेका छन् ।
यसैगरी ए ग्रेड ल्याउनेमा छात्र २७२७९ र छात्रा २१६८१ जना रहेका छन्। बी प्लस ल्याउनेमा छात्र ३४१६६ र छात्रा २६५४० बी ल्याउनेमा छात्र ३९०९५ र छात्रा ३५०१५ जना रहेका छन्।
यसैगरी सी प्लस ल्याउनेमा छात्र ४५७८९ र छात्रा ५१५१०, सी ग्रेड ल्याउन छात्र ४२८८३ जना छात्रा ५२३२६ जना रहेका छन्।
यसैगरी डी प्लस ल्याउनेमा छात्रमा १९१३३ र छात्रा २४७०७ जना रहेका छन्।
यसैगरी डी ग्रेड मा छात्र १८६६ र छात्रा २५६३, ई ग्रेड ल्याउनेमा छात्र ४२२५ छात्रा ३९८२ रहेका छन्।
प्रतिक्रिया दिनुहोस