देश

चितवनमा कुटिए ज्ञानेन्द्र शाही

काठमाडौं, असोज ११–आफूलाई भ्रष्टाचारविरुद्धको अभियान्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) चितवनमा कुटिएका छन् । चौबिसकोटीमा कार्यक्रम गर्न गएका उनलाई स्थानीय युवाले कुटपिट गरेका हुन् । शाहीप्रति आक्रोशित देखिएका युवाले कार्यक्रम पनि बिथोलिदिएका छन् । शाहीमाथि युवाले कुटपिट गर्न थालेपछि प्रहरीले शाहीको उद्धार गरेको छ ।

उनको टाउको, खुट्टा तथा शरीरका अन्य भागमा चोट लागेको छ र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । शाहीलाई आक्रमण गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवाहरुले चितवनलाई राजनितिक अखडा बनाउन पाइँदैन भनेर उनीमाथि हातपात गरेका हुन् । उनीहरुले शाहीको कार्यक्रमको स्टेज भत्काइदिएका छन् भने ब्यानर पनि च्यातेर फालिदिएका छन् । घटनापछि स्थानीय युवा र शाही समर्थकबीच तनाव हुनसक्ने देखिएपछि प्रहरीले सुरक्षा सतर्कता अपनाएको छ । अहिले घटनास्थल छेउछाउ बाक्लो संख्या प्रहरी खटिएका छन् ।

Featured