देश

चार महिना नपुग्दै तीन एआईजीको सरुवा

काठमाडौं, असोज ९–सरकारले चार महिना नपुग्दै नेपाल प्रहरीका तीन जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले एआइजी ठूले राई, पुष्कर कार्की र धीरु बस्न्यातको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा रहेका एआईजी ठूले राईलाइ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । त्यस्तै, प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीलाई अपराध अनुसन्धान तथा कार्य्विभाजन सरुवा गरेको छ भने अर्का एआईजी धीरु बस्न्यातलाई सुरक्षा परिषदमा काज सरुवा गरिएको छ । गत वैशाखमा मात्रै सरकारले उनीहरुको सरुवा गरेको थियो ।

Featured