विदेश

इराकस्थित अमेरिकी दूतावास नजिकै दुईवटा रकेट बम आक्रमण

काठमाडौं, एजेन्सी, असोज ७-इराकस्थित अमेरिकी दूतावास नजिकै दुईवटा रकेट बम आक्रमण भएको छ।

सोमबार राति अमेरिकी दूतावासबाट एक किलोटिमर मात्र टाढा दुईवटा रकेट बम आक्रमण भएको इराकी सुरक्षा अधिकारीहरुले पुष्टि गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ।

इरानलाई अमेरिका र वेलायतले साउदीको तेल ट्यांकरमा आक्रमण गरेको अरोप लगाइरहँदा यस आक्रमण भएको हो।

यस घटनामा कुनै हाताहाती नभएको जनाइएको छ। यस आक्रमणको पछाडि कसको हात छ भनेर इराकी प्रहरीले छानबिन सुरु गरेको छ।

Featured