देश

नेकपा र सीपीसीबीच ६ बुँदे सम्झौता

काठमाडौँ, असोज ७-नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच आपसी सम्बन्ध स्थापित भएको छ। मंगलबार आयोजना भएको एक कार्यक्रममा दुई पार्टीबीच आपसी सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले आपसी सम्बन्ध स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

यी हुन् सम्झौताका बुँदाहरु :

१. उच्चस्तरीय भ्रमण
२. कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धि
३. पार्टी-पार्टी अनुभव आधारित सहयोग आदान-प्रदान
४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान-प्रदान
५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६. विचार-सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन

Featured