देश

गोकर्णेश्वरमा ट्रकको ठक्करबाट बालकको मृत्यु

काठमाडौं, रासस, असोज ७–काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो।

गोकर्णस्थित महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनीले ट्रकले किचेका बालक अरमानको घटनास्थलमा मृत्यु भएको जानकारी दिए। प्रहरीले उक्त ट्रकका चालक कृपाजित राई र ट्रकलाई नियन्त्रणमा लिएको छ।

Featured