विदेश

पोर्टो रिकोमा ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

सान जुआन, एजेन्सी, असोज ७–क्यारेबियन राष्ट्र पोर्टो रिकोमा मंगलबार  ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ केन्द्रका अनुसार पोर्टो रिकोको उत्तर पश्चिम तटीय क्षेत्रमा भूकम्प गएको थियो। जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा उक्त भूकम्प गएका कारण स्थानीयबासीहरु त्रसित भएर सडकमा निस्किएका थिए।

पहिलो भूकम्प लगत्तै ४.७ र ४.६ म्याग्नीच्यूडका परकम्प पनि गएको भूगर्भ केन्द्रले जनाएको छ। पोर्टो रिकोका विपद व्यवस्थापन निकायका प्रवक्ता कियारा हर्नान्डेजले भूकम्पबाट क्षति भएको खबर प्राप्त नभएको बताए। सुनामीको सम्भावना पनि नरहेको उनले जानकारी दिए।–एपी

Featured