देश

सय रुपैयाँको नयाँ नोट आजदेखि बजारमा

काठमाडौं, असोज ७–नेपाल राष्ट्र बैँकले आजबाट सय रुपैयाँको नयाँ नोट बजारमा पठाएको छ। बैंकले नयाँ विशेषता सहितको सय रुपैयाँको नोटलाई बजारमा पठाएको हो। नोटको आकार, प्रकार र रंग भने पहिलेकै जस्तो छ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अङ्ग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ।

सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ। नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिन्छ।

नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र अंकित रहेको छ।

Featured