देश

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग कात्तिक २४ गतेबाट सुरु हुने

काठमाडौं, असोज ६-पोखरामा आयोजना हुने दोस्रो संस्करणको पोखरा प्रिमियर क्रिकेट लिग कात्तिककाे २४ गतेबाट सुरु हुने भएकाे छ।

आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता कात्तिक २४ गतेबाट मंसिर ७ गतेसम्म हुने जानकारी दिएको हो।

पोखरा क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा कुल ६ टिमले प्रतिस्पर्धा गर्ने छन्। पीपीएलमा विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन्।

पहिलो संस्करणमा पारस खड्काको नेतृत्वको टोली चितवनलाई पराजित गर्दै शरद भेषावकर नेतृत्वको घरेलु टोली पाेखरा पल्टनले उपाधि जितेको थियो।

गत संस्करणको विजेताले २७ लाख तथा उपविजेतालाई १० लाख पाएका थिए।

Featured