देश राजनीति

राजपा अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुर

काठमाडौं, असोज ६–राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले पाएका छन्। उनले सोमबारदेखि नै अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सम्हाल्ने भएका छन्। आइतबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले ठाकुरलाई संयोजकको जिम्मेवारी दिएको हो।

तराई मधेस केन्द्रित ६ वटा पार्टी एकीकरण भएर बनेको पार्टी राजपामा ती सबै ६ वटै पार्टीका अध्यक्षहरु अध्यक्ष मण्डलमा रहेका छन्। तिनीहरुमध्येबाट पालैसँग अध्यक्ष मण्डलको संयोजक चयन हुने व्यवस्था गरिएको छ। यसअघि अध्यक्ष मण्डलको संयोजक राजकिशोर यादव थिए।

Featured