NRNA खबर देश

एनआरएनए अमेरिकाज् क्षेत्रीय उप–संयोजकमा अभिमन्यू बस्नेतको उम्मेदवारी घोषणा

काठमाडौँ, असोज ६– गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रीय उप–संयोजकमा क्यानडाबाट अभिमन्यू बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । भक्तपुर स्थायी घर भएका बस्नेत लामो समयदेखि क्यानडामा बस्दै आएका बस्नेतले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौ विश्व सम्मेलनमा उप–संयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनए अभियानमा लामो समयदेखी सक्रिय बस्नेत हाल आइसिसी सदस्य हुन् । पदीय हिसावले एनआरएनए क्यानडाको उपाध्यक्षमा रहेर जिम्मेवारी समाल्दै आएका बस्नेत एनआरएनमा काम गरेको लामो अनुभवी हुन् । एनआरएनएका विभिन्न समितिमा क्रियाशील रहेको बस्नेतले यस सम्मेलनबाट क्यानडाले एक पद पाउनुपर्ने दावी गरेका छन् । उनले एनआरएनए क्यानडाको प्रतिनिधित्व हुने गरि अमेरिकाज् क्षेत्रीय उप–संयोजकमा उम्मेदवारी घोषणा गरेको बताए ।

क्यानडाबाट आफनो उम्मेदवारीमा सबैको साथ र सहयोग रहेको समेत बस्नेतले दावी गरेका छन् । अमेरिकाले मात्र क्षेत्रको सबै पदमा नेतृत्व गर्दा राम्रो सन्देश नगएको भन्दै यस पटक क्यानडालाई कुनै एक पद दिने विषयमा एनआरएन अग्रजहरु समेत एकमत रहेका छन् । एनआरएनए आइसिसी अध्यक्षदेखि केन्द्रीय नेतृत्वका साथै विश्वभरीका गैर आवासिय नेपालीमाझ परिचीत बस्नेत एनआरएनए सवै गतिविधीमा सक्रिय छन् । उनी विशेष गरि नेपालको विभिन्न विपत्तीमा सहयोगी समेत बन्दै आएका छन् ।

Featured