खेलकुद विदेश

सेभिल्लामाथि रियाल मड्रिडको कठिन जित

काठमाडौं, असोज ६–रियाल मड्रिडले स्पेनिस लिग ला लिगामा सेभिल्लामाथि संघर्षपूर्ण जित निकालेको छ । रियालले सेभिल्लालाई उसकै मैदानमा १(० गोलले हराएको हो । आइतबार राति भएको खेलमा रियालको जितका लागि करिम बेन्जिमाको एक गोल नै निर्णयक बन्यो । पहिलो हाफ बराबरीमा टुंगिएको थियो । ६४औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियाललाई अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीले सुन्दर गोलका मौका गुमाएका थिए । जितसँगै रियाल अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

ला लिगामा गएराति नै भएका अन्य खेलमा गेटाफेले मलोर्कालाई ४(२ गोलले हराएको छ । स्पान्योल रियल सोसिडाडसँग १(३ गोलले पराजित भएको छ । भ्यालेन्सिया र लेगानेस १(१ गोलको बराबरीमा रोकिदा एथ्लेटिको बिल्वाओले डिर्पाेटिभो अलाभेसमाथि २(० को जित हात पारेको छ ।

Featured